प्रधानमन्त्रीले सदन बंक गर्न थाल्नुभयोः प्रतिनिधिसभा सदस्य राई


काठमाडौं – नेपाली काँग्रेसका सांसद्  निश्कल राईले गुरुकुल र विश्वविद्यालय ठानिएको सदन प्रधानमन्त्रीले बंक गरिरहेको भन्दै आलोचना गरेका छन् ।

प्रतिनिधिसभाको आजको बैठकको सून्य समयमा बोल्दै सांसद राईले सदनको गरिमा प्रधानमन्त्रीले नबुझेको तर्क राखे।

‘सदन चिया चौतारी होइन, जहाँ मन लागे बस्ने, मन लागे जाने। सदन गुरुकुल हुनुपर्छ, विश्वविद्यालय हुनुपर्छ भन्ने सत्तापक्षका सांसदको भनाइ सापट लिँदै भन्छु प्रधानमन्त्रीले यो गुरुकूल विश्वविद्यालय बंक गर्न थाल्नुभएको छ,’ उनले भने।