जनकपुरमा एथर एक्सपेरियन्स सेन्टर संचालनमा


जनकपुर – नेपालको  प्रिमियम इलेक्ट्रिक स्कुटर ब्रान्ड Ather Energy Nepal ले जनकपुरमा आफ्नो नयाँ Ather Experience Center को उद्घाटन गरेको छ। यससँगै कम्पनीले देशभर आफ्नो उपस्थितिलाई अझ सशक्त बनाउँदै नेपालमा विद्युतीय सवारीको विस्तारलाई तीव्र गति दिने प्रतिबद्धता पुनः व्यक्त गरेको छ।

जनकपुरको मिल्स एरियामा अवस्थित नयाँ Experience Center सोमबार, २८ बैशाख २०८३ दिउँसो १:०० बजे Nitin Trade Link को व्यवस्थापनमा औपचारिक रूपमा सञ्चालनमा आएको हो। यो उद्घाटन Ather Nepal को नेपालभर उच्च-प्रदर्शनयुक्त तथा दिगो मोबिलिटी समाधानलाई ग्राहकसम्म अझ नजिक पुर्‍याउने यात्राको अर्को महत्वपूर्ण उपलब्धि हो।

जनकपुरमा नयाँ Experience Center सञ्चालनसँगै Ather Nepal का अब देशभर १० वटा Experience Center पुगेका छन्। जसमा काठमाडौं उपत्यकाभित्र ५ वटा तथा पोखरा, चितवन, इटहरी, र बुटवलमा रहेका शाखाहरू समावेश छन्। साथै ग्राहकलाई सहज तथा भरपर्दो बिक्रीपछिको सेवा प्रदान गर्न कम्पनीले देशभर ९ वटा Authorized Service Center पनि सञ्चालन गरिरहेको छ। Ather ले नेपालकै दुई-पाङ्ग्रे EV क्षेत्रमा सबैभन्दा लामो ८ वर्षसम्मको विस्तारित ब्याट्री वारेन्टी पनि उपलब्ध गराउँदै आएको छ।

जनकपुर Experience Center मा Ather को सम्पूर्ण उत्पादन श्रृंखला प्रदर्शन गरिनेछ, जसमा performance-oriented Ather 450 Series तथा आधुनिक परिवारमुखी Ather Rizta समावेश छन्।

Ather 450 Series विशेषगरी उत्कृष्ट performance, smart technology तथा dynamic riding experience खोज्ने ग्राहकलाई लक्षित गरी डिजाइन गरिएको हो। शक्तिशाली acceleration, Google Maps आधारित navigation, AutoHold, Fall Safe, reverse mode, विभिन्न ride modes तथा responsive touchscreen dashboard जस्ता अत्याधुनिक सुविधाले Ather 450 लाई नेपालकै सबैभन्दा उन्नत electric scooter मध्ये एक बनाएको छ।

त्यसैगरी, Ather Rizta आधुनिक परिवार तथा दैनिक प्रयोगलाई ध्यानमा राखेर डिजाइन गरिएको स्कुटर हो। फराकिलो सिट, ठूलो storage capacity, safety-focused engineering, traction control, tow तथा theft alerts, dashboard मा WhatsApp notification तथा आरामदायी Structure जस्ता सुविधाले Rizta लाई प्रविधि, सुविधा र विश्वसनीयताको उत्कृष्ट संयोजन बनाएको छ।

जनकपुर Experience Center मा आउने ग्राहकहरूले Ather स्कुटरहरूको live display तथा product demonstration अनुभव गर्न सक्नेछन्, Ather 450 Series तथा Rizta को test ride लिन सक्नेछन् Smart features तथा connected technology बारे जानकारी लिन सक्नेछन्, Financing तथा exchange सम्बन्धी सुविधा बुझ्न सक्नेछन्, EV ownership तथा charging सम्बन्धी परामर्श प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ ।

Ather Nepal ले नेपालभर EV ecosystem लाई थप सशक्त बनाउन आफ्नो fast-charging infrastructure पनि निरन्तर विस्तार गरिरहेको छ। ग्राहकहरूले विस्तार हुँदै गएको 40+ Ather Grid fast charging network मार्फत प्रमुख शहर तथा राजमार्गहरूमा सहज र भरपर्दो charging सुविधा प्राप्त गर्न सक्नेछन्। कम्पनीले भविष्यमा पनि charging accessibility विस्तार गर्दै long-distance EV travel लाई थप सहज र चिन्तामुक्त बनाउने लक्ष्य राखेको छ।

जनकपुर Experience Center को उद्घाटनले नेपालका प्रमुख शहरहरूमा प्रिमियम electric mobility लाई पहुँचयोग्य बनाउने Ather Nepal को दीर्घकालीन सोचलाई थप मजबुत बनाएको छ। नवीन प्रविधि, विश्वस्तरीय service support तथा customer-first innovation मार्फत कम्पनीले उत्कृष्ट ownership experience प्रदान गर्ने प्रतिबद्धता व्यक्त गरेको छ।

नेपालमा दिगो यातायातप्रतिको आकर्षण तीव्र रूपमा बढिरहेको अवस्थामा Ather Nepal SMART electric scooters, भरपर्दो charging infrastructure तथा ग्राहक केन्द्रित नवप्रवर्तनमार्फत नेपालको विद्युतीय क्रान्तिको नेतृत्व गर्न प्रतिबद्ध रहेको छ।

अथर जनकपुरको भव्य उद्घाटनको अवसरमा ग्राहकहरूका लागि ४ गते जेठ २०८३ सम्म लागू हुने विशेष सीमित अवधिको उद्घाटन अफर उपलब्ध गराइएको छ। यस विशेष योजनाअन्तर्गत अथरले विस्तारित ब्याट्री वारेन्टी, आकर्षक ०% ब्याजदरमा फाइनान्स सुविधा तथा अतिरिक्त एक्सचेञ्ज भ्यालुएसन सुविधा प्रदान गरिरहेको छ, जसले जनकपुरका ग्राहकहरूलाई स्मार्ट, भरपर्दो र आधुनिक विद्युतीय मोबिलिटी रोज्न अझ सहज बनाउने विश्वास लिइएको छ।

वैद्य इनर्जी प्रा. लि. नेपालमा अथर विद्युतीय दुईपांग्रे सवारी साधनको आधिकारिक तथा एकमात्र वितरक कम्पनी हो। कम्पनीले नवीन, भरपर्दो तथा ग्राहक–केन्द्रित ईभी समाधानमार्फत नेपाललाई स्वच्छ, दिगो र आधुनिक विद्युतीय मोबिलिटीतर्फ अघि बढाउने प्रतिबद्धताका साथ कार्य गर्दै आएको छ।