राष्ट्रपति नीति तथा कार्यक्रम पढ्दापढ्दै छाडेर हिँडे प्रधानमन्त्री बालेन


काठमाडौं – राष्ट्रपति रामचन्द्र पौडेलले प्रतिनिधि सभा र राष्ट्रिय सभाको संयुक्त बैठकमा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम पढ्दै गर्दा प्रधानमन्त्री बालेन्द्र शाह बिचैमा उठेर हिँडेका छन्। सरकार गठन भएपछिको पहिलो नीति तथा कार्यक्रमकारुपमा सरकारले आज आगामी वर्षमा गर्ने कामहरूको फेरिहस्त सुनाइरहँदा प्रधानमन्त्री भने बिचमै छाडेर हिँडेका हुन्।

राष्ट्रपति पौडेलले नीति तथा कार्यक्रम पढ्ने भएपछि सिंहदरबार पुगेका बालेन आधा पढ्दापढ्दै उठेर हिँडेका हुन्। सामान्यतया राष्ट्र प्रमुखले नीति तथा कार्यक्रम पढ्दै गर्दा प्रधानमन्त्रीले पुरै समय सुन्ने प्रचलन छ। तर, बालेन भने आधा समयमा नै उठेर हिँडेका हुन्।

आफ्नो नेतृत्वको सरकारले आगामी वर्ष गर्ने मुख्य कामहरूको योजना राष्ट्रपतिले सुनाइरहँदा बालेन भने बेवास्ता गरेर हिँडेका हुन्।