काठमाडौं – सरकारले आगामी जेठ २८ गते संघीय संसद्को दुवै सदनको संयुक्त बैठकमा राष्ट्रपतिले गर्ने सम्बोधनलाई स्वीकृत गर्ने निर्णय गरेको छ। सिंहदरबारमा बसेको मन्त्रिपरिषद्को बैठकले नेपालको संविधानको धारा ९५ बमोजिम राष्ट्रपतिबाट संवत् २०८३ साल वैशाख २८ गते अपराह्न ४ बजे गरिने सम्बोधनको मस्यौदालाई स्वीकृत गरेको हो।
संविधानको व्यवस्था अनुसार राष्ट्रपतिले संघीय संसद्को दुवै सदन (प्रतिनिधिसभा र राष्ट्रियसभा) को संयुक्त बैठकलाई सम्बोधन गर्ने चलन छ। उक्त सम्बोधनमार्फत सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्नेछ।





About Us
प्रतिक्रिया