फोनेपेले आफ्नो नेटवर्कमा हिमालयन बैंकलाई गर्यो आबद्ध


काठमाडौं- नेपालमा डिजिटल भुक्तानी सेवाको विस्तारसँगै फोनपे नेटवर्कमा हिमालयन बैंक लिमिटेड आबद्ध भएको छ। यससँगै अब हिमालयन बैंकका ग्राहकहरूले फोनपे नेटवर्कमार्फत देशभर रहेका लाखौँ व्यापारीसँग सहज रूपमा डिजिटल भुक्तानी गर्न सक्ने भएका छन्।

फोनपेका प्रमुख कार्यकारी अधिकृत दिवश कुमार सापकाेटाले हिमालयन बैंकलाई नेटवर्कमा स्वागत गर्दै नेपालको डिजिटल भुक्तानी यात्रामा महत्वपूर्ण उपलब्धि भएको बताएका छन्। उनका अनुसार हिमालयन बैंकले नेपाली ग्राहकबीच स्थापित गरेको विश्वास र फोनपेको व्यापक पहुँचले नगदरहित अर्थतन्त्रतर्फको यात्रालाई थप गति दिनेछ।

देशभर करिब २० लाखभन्दा बढी व्यापारीसम्म फैलिएको फोनपे नेटवर्कमा हिमालयन बैंकको सहभागिताले डिजिटल भुक्तानीलाई अझै सुलभ र पहुँचयोग्य बनाउने विश्वास व्यक्त गरिएको छ।