‘रास्वपा नेता बालेनको घरमा तोडफोड भएको हो, चोरी भएको छैन’


काठमाडौं –  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता बालेन्द्र साह (बालेन) को घरमा घरको झ्यालमा  तोडफोड भएको छ। गत शुक्रवार उनको घरमा तोडफोड भएको हो। 

बालेनका घरको झ्यालमा तोडफोड भएको देखेपछि उनका आफन्तले चोरीको अंशकामा प्रहरीलाई खबर गरेका थिए।

जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता कौशल कुमार बुढाथोकीका अनुसार झ्यालभन्दा बाहिरको ग्रिल चाहिँ तोडफोड भएको छ। तरभित्रको कुनै सामानहरू चोरी भएको छैन।