अपर हेवाखोलाद्वारा लेखापरीक्षक नियुक्त


काठमाडौं – अपर हेवाखोला हाइड्रोपावर कम्पनीले बाह्य लेखापरीक्षक नियुक्त गरेको छ । कम्पनीको गत पुस ३० गते सम्पन्न चौधौं वार्षिक साधारण सभाले आर्थिक वर्ष २०८२/०८३ को वैधानिक लेखापरीक्षण गर्ने कार्यका लागि लेखापरीक्षक गरेको हो ।

कम्पनीले सो कार्यकालागि चार्टर्ड एकाउन्टेण्ट आशिष पोखरेल (ए पोखरेल एण्ड एसोसिएट्स) लाई नियुक्त गरेको छ ।