काठमाडौं – बन्दीपुर केवलकार एण्ड टुरिजमको ५ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ। कम्पनीको सो सभा पुस ३० गते बन्दीपुर परियोजना प्राङ्गण, बन्दीपुर (बटम स्टेशन) , केवलकार चोक, बन्दीपुर ४ तनहुँमा सम्पन्न भएको हो।
सो सभाले सञ्चालक समितिमा सर्वसाधारण शेयरधनीहरूका तर्फबाट टंकराज अर्याल र माधव ढुंगानालाई निर्विरोध निर्वाचित गरेको छ।
साथै, आर्थिक वर्ष २०८२/०८३ को लेखापरीक्षण गर्न केशव एंड एसोसियट्स का चार्टर्ड अकाउन्टेन्ट केशब भण्डारीलाई लेखापरीक्षकमा नियुक्त गरी उनको पारिश्रमिक समेत निर्धारण गरेको छ।



About Us
प्रतिक्रिया