अवैध अन्तराष्ट्रिय कल बाईपास प्रयोग गरिएका उपकरणसहित सात जना चिनियाँ पक्राउ


काठमाडौं – अवैध अन्तराष्ट्रिय कल बाईपास (भीओआईपी) सञ्चालन गर्ने व्यक्तिहरु कल बाईपासमा प्रयोग गरिएका उपकरणसहित पक्राउ परेका छन्। पक्राउ पर्नेमा चिनका लिउ पान, गाओ जिकुन,लिउ जियानवेई, डु शुआङसेङ, पेङ काङ, चाई जिक्सिन र झाङ हाओ रहेका छन्।

कल बाईपास सञ्चालन गरिरहेको गोप्य सूचनाको आधारमा नेपाल टेलिकम र एनसेल प्रालि समेतको प्राविधिक सहयोग र समन्वयमा केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) बाट खटिएको टोलीले उनीहरूलाई पक्राउ गरेको हो।

काठमाडौंको काठमाडौं महानगरपालिका –२७ ज्याठा स्थित चिनिया नागरिक लु प्यानले रेस्टुरेन्ट सहितको लिउ पान होटलमा इन्टरनेट प्रयोग गरी कल बाईपास गर्ने उपकरणहरू सहित कल वाईपास गरिरहेको अवस्थामा उनीहरुलाई पक्राउ गरिएको सीआईबीले जनाएको छ।

उनीहरूलाई पक्राउ गरी दूरसञ्चार ऐन, २०५३ अन्तर्गतको कसुरमा पक्राउ गरी थप अनुसन्धान कार्य भइरहेको सीआईबीले जनाएको छ।