स्रोत नखुलेको नगद २ लाखसहित एक जना पक्राउ


काठमाडौं – मोरङको विराटनगर महानगरपालिका– १५ बाट स्रोत नखुलेको भारतीय २ लाख ५० हजार रुपैयाँसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेमा भारत उत्तर प्रदेश बस्ने २५ वर्षीय मनिष यादव रहेका छन्। उनीलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको हो। 

इलाका प्रहरी कार्यालय रानीबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनलाई उक्त नगदसहित पक्राउ गरेको हो।

उनलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि राजस्व अनुसन्धान कार्यालय इटहरी सुनसरी पठाइएको प्रहरीले जनाएको छ।