काठमाडौं – जिउ मास्ने बेच्ने अभियोगमा १३ वर्ष कैद सजाय भोगिरहेकी एक फरार कैदीलाई प्रहरीले पुनः पक्राउ गरेको छ। प्रहरीका अनुसार कारागार कार्यालय जगन्नाथदेवल (महिला बन्दीगृह), सुन्धाराबाट जेनजी आन्दोलनका क्रममा फरार भएकी कैदी सरीता सुवेदीलाई प्रहरीले पक्राउ गरी पुनः कारागारमा पेश गरेको हो।
जिल्ला ओखलढुङ्गा, लिखु गाउँपालिका–९ निवासी ३९ वर्षीया सुवेदी २०७९ साल कात्तिक २३ गतेदेखि उक्त कारागारमा कैद भुक्तान गरिरहेकी थिइन्।
फरार कैदीको खोजतलास गर्दै आएको प्रहरी टोलीले उनलाई काठमाडौं महानगरपालिका–नागार्जुन नगरपालिका वडा नं. २, ठूलोभर्याङ क्षेत्रबाट पक्राउ गरिएको केन्द्रिय अनुसन्धान ब्युरो (सीआईबी) ले जनाएको छ।
सुवेदीलाई आवश्यक कानुनी प्रक्रियासहित पुनः कारागार कार्यालय जगन्नाथदेवलमा पेश गरिएको सीआईबीले जनाएको छ।






About Us
प्रतिक्रिया