नेको इन्स्योरेन्सको असोज  १९  गते विशेष साधारणसभा, २५ प्रतिशत हकप्रद सेयर जारी गर्ने

नेको इन्स्योरेन्सको असोज  १९  गते विशेष साधारणसभा, २५ प्रतिशत हकप्रद सेयर जारी गर्ने


बैंकिङ्ग समाचार, काठमाडौं ।
नेको इन्स्योरेन्सले २५ प्रतिशत हकप्रद सेयर जारी गर्ने भएको छ । कम्पनीलाई हकप्रद सेयर बिक्री गर्न नियामक नेपाल बीमा प्राधिकरणले अनुमति दिएको छ ।

नेको इन्स्योरेन्सले हकप्रद शेयर निष्काशनका लागि विशेष साधारणसभा आह्वान गरेको छ । कम्पनीको भाद्र  ३१  गते बसेको सञ्चालक समितिको बैंठकले आगामी असोज  १९  गते विशेष साधारणसभा आह्वान गर्ने निर्णय गरेको हो । 

सञ्चालक समितिले २५ प्रतिशत हकप्रद शेयर निष्काशनको प्रस्ताव पारितका लागि विशेष सधारणसभामा पेश गर्ने निर्णय गरेको हो । कम्पनीको हालको जारी तथा चुक्ता पूँजी २  अर्ब १  करोड रहेको छ हकप्रद शेयर जारी पछि कम्पनीको चुक्ता पूँजी २ अर्ब ५१  करोड रुपैयाँ पुग्ने छ । विशेष सभाबाट प्रस्ताव पारित भएपछि निष्कासन अनुमतिका लागि नेपाल धितोपत्र बोर्डमा आवेदन दिनुपर्छ ।

बोर्डले अनुमति दिएपछि मात्र हकप्रद सेयर जारी हुन्छ । नेकोको विशेष साधारण सभा लिसारा रिसेप्सन, नक्साल काठमाडौंमा बिहान ११ बजे बस्नेछ । सभा प्रयोजनका लागि असोज १० गते बुक क्लोज हुने भएकाले असोज ९ गतेसम्म कायम सेयरधनीहरुले मात्र भाग लिन पाउनेछन् ।