काठमाडौं –आशा लघुवित्त वित्तीय संस्था लिमिटेडले आर्थिक वर्ष २०८१/८२ को मुनाफबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ। संस्थाको कात्तिक २८ गते बसेको सञ्चालक समितिको बैठकले आफ्ना शेयरधनीलाई लाभांश वितरण गर्ने निर्णय गरेको हो।
संस्थाले हाल कायम चुक्ता पूँजीको ९.५ प्रतिशत बोनस शेयर र (कर प्रयोजनार्थ) ०.५ प्रतिशत नगद लाभांश गरी कुल १० प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो।
सो लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात वितरण गरिनेछ।






About Us
प्रतिक्रिया