बैंकदर ६.५ प्रतिशतमा झर्यो, वैधानिक तरलता अनुपात यथावत

Manoj Regmi
3.8k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ्ग समाचार, काठमाडौँ । 

बैंक तथा वित्तीय संस्थाहरूलाई राष्ट्र बैंकले दिने ऋणमा लिने ब्याजदर (बैंकदर) घटाउँदै ६.५ प्रतिशतमा झारेको छ। हाल यो ७.५ प्रतिशत थियो।

नीतिगत दरमा बैंकहरूले ‘ओभरनाइट तरलता’ सुविधा पाउने गर्छन्। बैंकहरूले राष्ट्र बैंकबाट लिने सापटी स्थायी तरलता सुविधा बैंकदरमा नै पाउनेछन्। यसलाई ७.५ प्रतिशतमै सीमित राखिएको छ।

त्यस्तै निक्षेप संकलन बोलकबोल दरलाई ५.५ प्रतिशतबाट घटाएर ४.५ प्रतिशत कायम गरिएको छ। ब्याजदर करिडोरलाई प्रभावकारी बनाउन ब्याजदर करिडोरको तल्लो सीमामा स्थायी निक्षेप संकलन सुविधा उपलब्ध गराउने व्यवस्था गरिएको छ।

अनिवार्य नगद अनुपात र वैधानिक तरलता अनुपात यथावत् राखिएको छ।

बैकदर भनेको के हो ?

सरकारी धितोपत्रहरूको सुरक्षणमा केन्द्रीय बैंकले बैक तथा वित्तीय संस्थालाई अन्तिम ऋणदाता सुविधाको रुपमा प्रदान गरिने ऋणमा लिने ब्याजदरलाई बैंकदर भनिन्छ ।

वैधानिक तरलता अनुपात भनेको के हो ?

बैंक तथा वित्तीय संस्थाले कुल निक्षेपको केही प्रतिशत नगद र सरकारी ऋणपत्र जस्ता तरल सम्पत्ति राख्नुपर्ने गरी तोकिएको दायित्व नै वैधानिक तरलता अनुपात (Statutory Liquidity Ratio) हो । हाल अनिवार्य नगद मौज्दात, सरकारी सुरक्षणपत्र तथा बैंकको ढुकुटीमा रहेको नगदसमेत गरी वाणिज्य बैंकले आफ्नो कुल निक्षेप दायित्वको १२ प्रतिशत, विकास बैंक र वित्तकम्पनीले १० प्रतिशत वैधानिक तरलता अनुपात कायम गर्नुपर्ने व्यवस्था रहेको छ ।