काठमाडौं – पछिल्लो समय नेपाली साङ्गीतिक क्षेत्रमा मौलिकता र सिर्जनात्मक शब्दहरूको प्रकट रहेको गीतहरू रचना गर्दै आएका नेपाल प्रहरीका अतिरिक्त महानिरीक्षक (एआइजी) दानबहादुर कार्कीको ‘ढाका टोपी शिरैमा’ बोलको गीत सार्वजनिक भएको छ ।
सोमबार बिग मुभिजमा आयोजित समारोहमा गीतको म्युजिक भिडियो सार्वजनिक गरिएको हो। एआइजी कार्कीको ‘ढाका टोपी शिरैमा’ बोलको गीत हरिवंश आचार्यको मुख्य भूमिका रहेको ‘हरिबहादुरको जुत्ता’ चलचित्रको दोस्रो गीत हो ।
एआइजी कार्कीको शब्द रहेको गीतमा दीपक शर्माले सङ्गीत भरेका छन। गीतमा आशिष अविरल र मेलिना राईको स्वर सुन्न सकिन्छ। गीतको भिडिओमा हरिवंशसहित प्रकाश सपुत र स्वस्तिमा खड्का फिचर्ड छन्। एआइजी कार्कीको मौलिकता भरिएको शब्द र जोडीको रूपमा रहेका प्रकाश र स्वस्तिमाको नृत्यले गीतको भिडियो निकै उत्कृष्ट बनेको छ ।
यस फिल्ममा हरिवंश, प्रकाश र स्वस्तिमानसहित प्रियङ्का कार्की, दिव्य देव, हरिहर शर्मा, राजाराम पौडेल, दिनेश काफ्ले, कमलमणि नेपाल लगायतको अभिनय छ। एफएम मोसन पिक्चर्सको ब्यानरमा निर्माण भएको फिल्मका निर्माता सरोज ओली र मोहित वंश आचार्य हुन्। यो फिल्म दसैँको अवसरमा फूलपातीको दिनबाट रिलिज हुनेछ।
कार्की २०५४ सालदेखि नेपाल प्रहरीमा कार्यरत रहेका छन् । उनको यसभन्दा अगाडि दसैँ रमाइलो, ‘फूलको बास्ना सरी’ ‘गुन्यु चोली पटुकी’ जस्ता गीतहरू सार्वजनिक भइसकेका छन् ।
भिडियो:
कार्की २०५४ सालदेखि नेपाल प्रहरीमा कार्यरत रहेका छन् । उनको यसभन्दा अगाडि दसैँ रमाइलो, ‘फूलको बास्ना सरी’ ‘गुन्यु चोली पटुकी’ जस्ता गीतहरू सार्वजनिक भइसकेका छन् ।



About Us
प्रतिक्रिया