सर्वोत्तम सिमेन्टको कम्पनी सचिव पौडेलले दिए राजीनामा 


काठमाडौं – सर्वोत्तम सिमेन्ट कम्पनी लिमिटेडको कम्पनी सचिव शेखर पौडेलले राजीनामा दिएका छन् । पौडेलले गत साउन २८ गते सो पदबाट राजीनामा दिएका  हुन् । 

कम्पनीको भदौ १ गते बसेको सञ्चालक समितिको २३६ औँ बैठकबाट पौडेलले दिएको राजीनामा स्वीकृत गर्ने निर्णय गरेको हाे।