विराटनगरका कार्की अनलाइनखबरको चालीस मुनिका चालीसमा छनौट, जो भारतमा बनिसकेका छन् सफल उद्यमी


काठमाडौं – विराटनगरका दिपेश कार्की अनलाइनखबर डटकमको चालीस मुनिका चालीस २०८२ मा छनौट भएका छन् । छिमेकी राष्ट्र भारतको पीटूपी लेन्डिङ लेनदेन क्लबका सह–संस्थापक कार्की  १२ अगस्ट अर्थात् अन्तर्राष्ट्रिय युवा दिवसको सन्दर्भमा अनलाइनखबरले छानेको नेपालका ‘४० वर्ष मुनिका ४० प्रभावशाली युवा’को सूचीमा समावेश भएका हुन् । 

प्रधानमन्त्री केपी शर्मा ओलीले राजधानी काठमाडौंमा आयोजना भएको विशेष समारोहमा कार्कीसहित ४० युवाहरूको नाम सार्वजनिक गर्दै अवार्ड प्रदान गरे ।

विराटनगरमा जन्मेहुर्केका कार्की भारतको पीटूपी लेन्डिङ लेनदेन क्लबका सह–संस्थापक हुन् । मासिक ४५० करोड भारुभन्दा बढीको कारोबार गर्ने लेनदेन कार्की र भारतकै भविन पटेलले सन् २०१५ देखि सञ्चालन सुरु गरेका हुन् । 

१२ कक्षासम्म विराटनगरमा शिक्षा लिएका कार्की त्यसपछि उच्च शिक्षाका लागि भारतीय दूतावासको छात्रवृत्ति कोटामा भारत छिरे । भारतको हरियाणाको ‘नेशलन इन्स्ट्च्यिूट अफ टेक्नोलोजि’ (एनआईटी) मा इञ्जिनियरिङ गर्न २००७ मा पुगे ।

इन्जिनियरिङमा उच्च शिक्षा हासिल २०११ देखि २०१२ सम्म भारतमा कार्यरत कार्की त्यसपछि अवसर खोज्दै नेपाल फर्के पनि अन्ततः भारत नै फर्किए र सफल उद्यमीको पहिचान बनाइसकेका छन् । उनै कार्की अनलाइनखबरले  छानेको राजनीति, समाज, कला;साहित्य, संस्कृति, युवा तथा खेलकुद, ज्ञान विज्ञान, उद्यम व्यवस्था र डायस्पोरा क्षेत्रका प्रतिनिधिमूलक ४० युवाहरूकाे सूचीमा अटाएका हुन् ।