काठमाडौं – डलर साट्दिन्छु भन्दै ठगी गर्ने चार जनालाई प्रहरी पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिन्धुपाल्चोकको बाह्रबिसे – ३ धार्पा घर भई भक्तपुर चाँगुनारायण– १ बोडे बस्ने वर्ष २८ को पर्वत तामाङ भन्ने कर्म वाङगेल पाइन, सिन्धुपाल्चोकको बाह्रबिसे– ३ धार्पा घर भई हाल भक्तपुरको चाँगुनारायण– १ बोडे बस्ने वर्ष २५ को प्रकाश तामाङ भन्ने सूर्य बहादुर पाइन, सिन्धुपाल्चोकको बाह्रबिसे– ३ धार्पा घर भई भक्तपुरको चाँगुनारायण– १ बोडे बस्ने वर्ष ३६ को सागर भन्ने सन्तबिर पाइन र सिन्धुपाल्चोकको बाह्रबिसे– ३ धार्पा घर भई हाल ललितपुरको ललितपुर महानगरपालिका– १६ धापाखेल बस्ने वर्ष ३५ को विष्णु कुमार रुम्बा रहेका छन् ।
उनीहरूले पीडितलाई ९७६२६३४८६१ नम्बरको मोबाइलबाट सम्पर्क गरी आफूसँग ६ हजार अमेरिकन डलर छ, तपाई ७ लाख नेपाली रकम दिनु भनी विभिन्न परिपन्च गरी ठगी गरेका थिए । उनीहरूले एक जनालाई भक्तपुरको चाँगुनारायण– ४ हलछाप स्थित एकान्त जंगलमा लगी समूहमा रहेका ५/६ जना व्यक्तिहरूले एक्कासी पीडितको मुख थुनी नक्कली पेस्तोल देखाई पीडितको साथमा रहेको आईफोन मोबाइल र नगद सात लाख रुपैयाँ जबरजस्ती खोसी फरार भएको प्रहरीले जनाएको छ ।
उनीहरूको साथबाट प्रहरीले बा ७६ प ५९३१ नम्बरको स्कुटर, बागमती प्रदेश ०२–०५३ प २७८० नं। पल्सर मोटरसाइकल, ७२ हजार रकम उल्लेख भएको चेक १ थान , नेपाली ६४ हजार रुपैयाँ , रकम जम्मा गरेको ग्लोबल आई.एम.ई बैंकको रसिद थान १ र विभिन्न कम्पनीका मोबाइलहरू १० थान बरामद गरिएको छ ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान शाखा कार्यालय भक्तपुरबाट खटिएको टोलीले भक्तपुरको विभिन्न स्थानबाट घटनामा प्रयोग भएको मोटरसाइकल लगायत सहित पक्राउ गरी उनीहरूलाई आवश्यक कारबाहीको लागि जिल्ला प्रहरी परिसर भक्तपुरमा पठाइएको प्रहरीले जनाएको छ ।






About Us
प्रतिक्रिया