निक्षेपको ब्याजदर नकारात्मक हुन नदिने 


काठमाडौं – नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाको ब्याजदर घट्दो क्रममा रहेको बताएको छ । बैंकिङ्ग क्षेत्रमा तरलता थुप्रिदा ब्याजदर घट्दै गइरहेको बताएको छ ।

केन्द्रीय बैंकले आगामी आर्थिक वर्ष २०८२/८३ का लागी मौद्रिक नीति सार्वजनिक गर्दै यस्तो बताएको हो । राष्ट्र बैंकका गभर्नर डा.विश्वनाथ पौडेलले निक्षेपको ब्याजदर नकारात्मक हुन नदिने काममा राष्ट्र बैंकले ध्यान दिएको बताएका हुन् ।