स्वस्तिक लघुवित्तले आजदेखि आईपीओ निष्कासन गर्दै


काठमाडौं – स्वस्तिक लघुवित्त वित्तीय संस्था लिमिटेडले आजदेखि (असार २७) आईपीओ निष्कासन तथा बिक्री खुला गर्ने भएको छ ।  संस्थाले जारी पुँजीको ४० प्रतिशतले हुन आउने २ करोड ३१ लाख रुपैयाँ बराबरको २ लाख ३१ हजार कित्ता आईपीओ निष्कासन गर्ने अनुमति पाएको हो ।

जसमध्येबाट १० प्रतिशत अर्थात् २३ हजार १ सय कित्ता शेयर कम्पनीले पहिलो चरणमा वैदेशिक रोजगारमा रहेकाहरूका लागि निष्कासन गर्न लागेको हो ।

वैदेशिक रोजगारमा रहेकाले उक्त शेयरमा न्यूनतम १० कित्ता देखि अधिकतम ५ हजार कित्तासम्म आवेदन दिन सक्नेछन् । जसमा साउन ९ गतेसम्म अनलाइन प्रणाली मेरो शेयरमार्फत आवेदन दिन सकिनेछ ।

धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग  लिमिटेड रहेको छ ।