मोरङ– कोशी प्रदेश सभाको आजको बैठकमा ‘योगदान मुलुक निवृत्तिभरण कोष स्थापना तथा सञ्चालन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ सदनमा पेस भएको छ ।
प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री रामबहादुर मगरले उक्त विधेयक सदनमा प्रस्तुत गरेपछि सभामुख अम्बरबहादुर विष्टले निर्णायार्थ प्रस्तुत गर्दा सर्वसम्मतले पारित भएको छ ।
यसअघि शून्य समयमा बोल्दै प्रदेश सभा सदस्य राजन कार्कीले पर्यटन, वन तथा वातावरण मन्त्री षदानन्द मण्डलले सचिवालयका कर्मचारी अमृत मेहताको ‘क्युआर कोड’मार्फत आफ्ना मन्त्रालयका कर्मचारीहरूसँग रकम माग गर्ने गरेको व्यापक गुनासो आएपछि सो विषयमा सरकारको आधिकारिक धारणाको माग गरे ।
अर्का सदस्य सपना दर्जीले भारतबाट दैनिक १० टन माछा मोरङ, सुनसरी र झापाबाट अवैध रूपमा आयात हुने गरेकामा नियन्त्रण गरी स्वदेशी माछा कृषकलाई घरबार विहीन हुनबाट जोगाउनुपर्ने धारणा राखिन् ।






About Us
प्रतिक्रिया