भारतीय पर्यटकहरूलाई लुटपाट गर्ने तीन जना प्रहरीको फन्दामा 


काठमाडौं  – भारतीय पर्यटकहरूलाई होटेल खोज्न सहयोग गर्छाैँ भन्दै कुटपिट तथा लुटपाट गर्ने ३ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा काभ्रेपलान्चोक नमो बुद्ध –११ घर भई हाल काठमाडौंको सोह्रखुटे नयाँ बजार बस्ने गरेको  २२ वर्षीय पासाङ तामाङ, काभ्रेपलान्चोक नमो बुद्ध १ घर भई हाल काठमाडौंको टोखा  १०- श्रृजनाटोल बस्ने २८ वर्षीय निल कुमार तामाङ र काभ्रेपलान्चोक नमो बुद्ध  ११ घर भई हाल काठमाडौंको सोह्रखुटे नयाँ बजार बस्ने २५ वर्षीय किरण कुमार मोक्तान रहेका छन् । 

काठमाडौं महानगरपालिका – १६ ठमेलमा  भारतीय पर्यटकहरूलाई होटेल खोज्न सहयोग गर्छाैँ भन्दै उनीहरूले लुटपाट गर्ने र कुटपिट गर्ने गरेको प्रहरीले जनाएको छ । उनीहरूले भारतीय पर्यटकहरूलाई गोंगबु बसपार्क नजिक रहेको ध्रुव तारा कम्प्लेक्सको छैटौँ तल्लामा लगी कुटपिट तथा लुटपाट गरेर फरार भएको खुल्न आएको छ । 

उनीहरूलाई काठमाडौंको  नयाँ बजारबाट पक्राउ गरी थप अनुसन्धान एवं आवश्यक कारबाहीको लागि जिल्ला प्रहरी परिसर भद्रकाली काठमाडौं  पठाइएको प्रहरीले जनाएको छ ।  ।