लक्जेम्बर्ग पठाइदिन्छु भन्दै १२ लाख ठगी गर्ने व्यक्ति पक्राउ


काठमाडौं – वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी लक्जेम्बर्ग पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ललितपुर कोन्ज्योसोम गाउँपालिका-४ बस्ने नवलपरासी पश्चिम सरावल गाउँपालिका -२ घर भएका ४० वर्षीय भुप नारायण चौधरीलाई बिहीबार प्रहरीले पक्राउ गरेको छ । 

चौधरीले लक्जेम्बर्ग पठाइदिन्छु भन्दै २ जना पीडितहरूबाट १२ लाख रुपैयाँ लिई सम्पर्कविहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उनलाई ललितपुर महानगरपालिका-४ बाट पक्राउ गरेको हो । 

उनलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको प्रहरीले जनाएको छ ।