काठमाडौं – २६ लाख रुपैयाँ बिगो भएका एक जना एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा चितवनको भरतपुर महानगरपालिका– २ घर भई काठमाडौं– ७ बस्ने ५३ वर्षीय जीजन राज कडेल रहेका छन् ।
उनीविरुद्ध काठमाडौं जिल्ला अदालतले पक्राउ पुर्जी जारी गरी सकेको थियो । उनले आपराधिक विश्वासघात तथा ठग सम्बन्धी कसुर गरेको प्रहरीले जनाएको छ ।
उक्त आपराधिक कार्य गरेकामा अदालतले २६ लाख रुपैयाँ बिगो कायम गरेको थियो । उनलाई जिल्ला प्रहरी परिसर, काठमाडौंबाट खटिएका प्रहरीले खोजतलास गर्ने क्रममा काठमाडौंको सिफलबाट पक्राउ गरी थप अनुसन्धान गरी रहेको प्रहरीले जनाएको छ ।






About Us
प्रतिक्रिया