स्पेन– स्पेनको औपचारिक भ्रमण पूरा गरेर प्रधानमन्त्री केपी शर्मा ओली आज स्वेदश फर्किँदै छन् । ओली स्वदेश फर्कने क्रममा स्पेनबाट कतारको दोहा प्रस्थान गरेका छन्।
प्रधानमन्त्री ओली मेड्रिडस्थित अडोल्फो सौरेज बराजाज विमानस्थलबाट स्थानीय समयअनुसार राति ११ बजे दोहा प्रस्थान गरेका हुन्। प्रधानमन्त्री दोहा प्रस्थान गर्नुअघि उनलाई स्पेनका लागि नेपाली राजदूत शनिल नेपाल र अधिकारीहरूले विदाइ गरेका थिए।
स्पेनको सेभियामा सम्पन्न संयुक्त राष्ट्रसङ्घको ‘विकासको लागि वित्त (फाइनान्सिङ फर डेभलपमेण्ट) चौथो अन्तरर्राष्ट्रिय सम्मेलन’ मा सहभागी भई मेड्रिडका कार्यक्रम सकेर प्रधानमन्त्री ओली स्वदेश प्रस्थान गरेका हुन्। गत असार १४ गते स्पेन गएका प्रधानमन्त्री ओली शुक्रबार साँझ ५ बजे काठमाडौँ आइपुग्ने कार्यक्रम छ। २९ सदस्यीय प्रतिनिधि मण्डलको नेतृत्व गर्दै ओली असार १४ गते स्पेन गएका थिए।






About Us
प्रतिक्रिया