सेनाका सहायक रथी खड्का र सेनानी कार्की बर्खास्त, सवा २ करोड भ्रष्टाचार भएको पुष्टि


काठमाडौं – नेपाली सेनाको जंगीअड्डाले दुई सैनिक अधिकारीलाई बर्खास्त गरेको छ । सैनिक आचरण विपरित कार्य गरेको आरोपमा सहायक रथी रोशन खड्का र मेजर बोधराज कार्की बर्खास्तीमा परेका हुन्।

सैनिक विशेष अदालतले बिहीबार सैनिक कल्याणकारी कोषमा भ्रष्टाचार गरेको ठहर गर्दै सहायक रथी खड्का र मेजर कार्कीलाई सेवाबाटै बर्खास्त गर्ने फैसला सुनाएको हो।

सैनिक कल्याणकारी कोषको सवा २ करोड रुपैयाँ हिनामिना गरेको अभियाेगमा सेनाका बहालवाला सहायक रथी खड्का र मेजर कार्कीलाई सैनिक प्रहरीको हिरासतमा राखेर मुद्दा अगाडि बढाइएको थियो।