काठमाडौं – इँटाभट्टाको खलामा काम गर्दै एसईईमा ४ जीपीए ल्याएकी गोमा श्रेष्ठलाई भाटभटेनी समूहका अध्यक्ष तथा समाजसेवी मीनबहादुर गुरुङ दम्पतीले एमबीबीएससम्मको पढाइदिने भएका छन् ।
बिहीबार गोमालाई भाटभटेनीस्थित कार्यालयमा बोलाएर गुरुङ र उनकी श्रीमती सावित्री गुरुङले एमबीबीएस पढाउने वाचासहित एक लाख रुपैयाँ नगद, एउटा ल्यापटप र सम्मान पत्र दिएका हुन् ।
गोमालाई सेन्ट जेभियर्स कलेज, माइतीघरमा ११ र १२ कक्षासम्मको अध्ययन पनि गुरुङले आफ्नै खर्चमा गराउने प्रतिबद्धता जनाएका छन् । यसपछि एमबीबीएससम्मको अध्ययन खर्च समेत व्यहोर्ने उनले बताए ।






About Us
प्रतिक्रिया