काठमाडौं – बेरोजगार युवायुवतीलाई आकर्षक तलबको प्रलोभनमा पारी रोजगारीका लागि युके लैजाने भन्दै ठगी गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा ललितपुर २५ घर भएका ४० वर्षीय प्रभाष रिसाल रहेका छन् । उनले एक जनालाई युके पठाइदिन्छु भन्दै १ करोड २० लाख रुपैयाँ ठगी गरेको प्रहरीले जनाएको छ ।
उनलाई ललितपुर जिल्ला ललितपुर – ४ एकान्त कुनाबाट पक्राउ गरी थप अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल, काठमाडौं पठाइएको प्रहरी जनाएको छ ।






About Us
प्रतिक्रिया