काठमाडौं – गुडविल फाइनान्सले विद्यमान संस्थापक शेयरधनीहरुका लागि संस्थापक शेयर बिक्रीमा राखेको छ । कम्पनीले संस्थापक समूहको १ लाख कित्ता शेयर बिक्रीमा राखिएको हो ।
उक्त शेयर खरिद गर्न इच्छुक संस्थापक शेयरधनीहरुले आज असार १७ गतेबाट ३५ दिनभित्रमा आवेदन दिन सक्नेछन् । आवेदकले कम्पनीको प्रधान कार्यालय हात्तीसार काठमाडौंमा आफूले खरिद गर्ने शेयर संख्या खुलाई आवेदन दिन सक्नेछन् ।
कम्पनीले तोकिएको अवधिभित्र संस्थापक शेयरधनीहरुबाट शेयर खरिदका लागि निवेदन नआएमा उक्त शेयर अन्य व्यक्ति तथा संस्थालाई बिक्री खुला गरिने कम्पनीले जनाएको छ।






About Us
प्रतिक्रिया