काठमाडौं – सिटिजन्स क्यापिटलले सिटिजन्स सदाबहार योजनाको एकाइ बिक्रीका लागि आवेदन दिने म्याद थप गरेकाे छ । कम्पनीले असार १७ गतेसम्मका लागि खुला गरेको इकाईमा मागअनुसार रकम जम्मा हुन नआएकाले समय थप गरी असार २७ गतेसम्म बिक्री खुला गरेको हो ।
यस अवधिभित्र मागभन्दा बढी संख्यामा आवेदन प्राप्त भएमा जुनसुकै दिनपनि सूचना निकालेर आवेदनको म्याद सकिएको जानकारी गराउने कम्पनीले जनाएको छ । कम्पनीले सर्वसाधारणलाई प्रतिइकाई १० रुपैयाँको दरले यो योजना बिक्री खुला गरेको छ ।
कुल ५ करोड इकाईमध्ये ७५ लाख इकाई कोष प्रवर्द्धक सिटिजन्स बैंक इन्टरनेशनलाई सुरक्षित गरेको छ । जसबाट बाँकी रहेको ४ करोड २५ लाख इकाई सर्वसाधारणलाई बिक्री खुला गरेको हो ।
जसमा लगानीकर्ताले न्यूनतम १०० इकाई र अधिकतम ५० लाख इकाईसम्म आवेदन दिन सक्नेछन् । लगानीकर्ताले सी आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयहरूका साथै मेरो शेयरमार्फत आवेदन दिन सक्नेछन् ।






About Us
प्रतिक्रिया