वर्ल्डलिंक कम्युनिकेसनमा रोजगारीको अवसर, के–के चाहिन्छ योग्यता ?


काठमाडौं – वर्ल्डलिंक कम्युनिकेसनले कर्मचारी माग गरेको छ। कम्पनीले पाँचथर र हिले शाखाका लागि केही संख्यामा इन्टरप्राइज सपोर्ट रिप्रेजेन्टिभ माग गरेको हो।

कम्पनीले याेग्यतामा स्नातक तह उत्तीर्ण गर्नेका साथै आइटी, विज्ञान वा इन्जिनियरिङ पढेकालाई प्राथमिकता दिइने जनाएकाे छ। यस्तै, कम्तीमा ६ महिनाको अनुभव भएको हुनुपर्नेछ । इच्छुकले असार १७ गतेसम्म आवेदन  दिन सक्नेछन् ।