तेह्रथुम पावरको हकप्रद शेयरमा आजदेखि आवेदन खुला 


काठमाडौं – तेह्रथुम पावर कम्पनी लिमिटेडले आज असार १६ गतेदेखि हकप्रद शेयर निष्कासन तथा बिक्री खुला गरेको छ ।  कम्पनीले हाल कायम १ कित्ता शेयर बराबर नयाँ १ कित्ता १ः१ को अनुपातमा हकप्रद शेयर निष्कासन गर्न लागेको हो ।  जसअनुसार कम्पनीले ४० करोड रुपैयाँ बराबरको प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यमा ४० लाख कित्ता हकप्रद शेयर निष्कासन गर्नेछ  ।  

हकप्रद शेयर निष्कासनका लागि कम्पनीले जेठ ५ गते बुक क्लोज गरेको थियो। जसमा जेठ ४ गतेसम्म नेप्सेमा कारोबार भई कायम शेयरधनीहरूले सो हकप्रद शेयरका लागि आवेदन दिन सक्नेछन्। कम्पनीको उक्त शेयरमा साउन ४ गतेसम्म आवेदन दिन सकिनेछ। 

कम्पनीको हकप्रद शेयर निष्कासन तथा बिक्री प्रबन्धकमा नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेड रहेको छ । उक्त शेयरमा आवेदन दिन इच्छुक शेयरधनीहरूले बिक्री प्रबन्धकका साथै नबिल बैंकका छत्तर, म्याङलुङ, फेदाप र संक्रान्तिबजा शाखा लगायत तेह्रथुमका शाखा कार्यालय तथा कुमारी बैंकको मेन्छ्यायम शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन्।

त्यस्तै, नेपाल धितोपत्र बोर्डबाट इजाजत प्राप्त आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाबाट पनि आवेदन दिन सक्ने कम्पनीले जानकारी दिएको छ ।