आईएमई खल्ती लिमिटेडले नयाँ आर्थिक वर्षदेखि एकीकृत कारोबार थाल्ने, सक्यो मर्जर प्रक्रिया


काठमाडौं–  नेपाल राष्ट्र बैंकले दुई डिजिटल भुक्तानी सेवा प्रदायकहरूलाई मर्जरका लागि अन्तिम स्वीकृति पाएका छन् । योसँगै आगामी साउन १ देखि आईएमई डिजिटल सोलुसन (आईएमई पे) र खल्ती प्राइभेट लिमिटेड (खल्ती) ले एकीकृत कारोबार गर्ने भएका हुन्। 

सार्वजनिक सूचना जारी गर्दै साउन १ गतेदेखि यी दुई संस्थाको एकीकृत भुक्तानी सेवा ‘आईएमई खल्ती लिमिटेड’ नाममा प्रदान गरिने जानकारी दिएका हुन् । राष्ट्र बैंकले बिहीबार भुक्तानी तथा फर्छ्योट विनियमावली (पहिलो संशोधन २०८०) २०७७ को विनियम ३७ को उपविनियम १३ अनुसार सर्वसाधारणलाई यसबारे जानकारी दिएको हो। 

कम्पनीलाई मर्जरपछि एउटै कम्पनीको रूपमा कायम गर्न अनुमति दिइएको र सोहीअनुसार आवश्यक विवरण केन्द्रीय बैंकमा दर्ता भइसकेको उल्लेख छ। यस निर्णयपछि अबदेखि यी दुई कम्पनीका ग्राहकले संयुक्त रूपमा एकीकृत सेवा उपयोग गर्न सक्नेछन्। मर्जर पश्चात कम्पनीको केन्द्रीय कार्यालय बागमती प्रदेश, काठमाडाैं महानगरपालिका, वडा नं. ३, पानी पोखरीमा रहने सूचना मार्फत जानकारी दिइएको छ।