हाइड्रोइलेक्ट्रीसिटी इन्भेष्टमेन्टको कम्पनी सचिवको जिम्मेवारीमा पनेरु  


काठमाडौं– हाइड्रोइलेक्ट्रीसिटी इन्भेष्टमेन्ट एण्ड कम्पनी लिमिटेडको सचिवको जिम्मेवारी भार  रमेश पनेरूलाई दिने भएको छ।  कम्पनीको  हाल कायममुकायम प्रमुख प्रबन्धकमा रहेका  पनेरुलाई कम्पनीको सचिवमा समेत नियुक्त गर्ने भएको हो । 

 कम्पनीको सञ्चालक समितिको ३१८औँ बैठकको निर्णयअनुसार पनेरुले उक्त पद बहन गर्नेछन् । जसबापत कम्पनीले पनेरुलाई  मासिक १५ हजार ६ सय २५ रुपैयाँ परिश्रमिक प्रदान गर्ने निर्णय गरेको छ ।