नबिल बैंकको सीईओमा मनोज ज्ञवाली


काठमाडौं – नबिल बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा मनोज कुमार ज्ञवाली नियुक्त भएका छन्। बिहीबार बसेको बैंकको सञ्चालक समिति बैठकले ज्ञवालीलाई सीईओमा नियुक्त गरेको हो।

ज्ञवाली बिहीबारबाट नै लागू हुने गरी ४ वर्षका लागि सीईओमा नियुक्त भएका हुन्।