बजेटमा आएका नीतिगत व्यवस्थालाई मौद्रिक नीतिले सम्बोधन गर्नुपर्छः अध्यक्ष कोइराला


काठमाडौं – नेपाल बैंकर्स संघका अध्यक्ष सन्तोष कोइरालाले बैंकिङ्ग  क्षेत्र समस्या मै रहेको बताएका छन् । आज काठमाडौंको म्यारियट होटलमा आयोजना भएको नेशनल बैंकिङ्ग डिस्कोर्शलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

उनले बैंक तथा वित्तीय संस्थालाई वेवास्ता गरेको भन्दै बजेटमा केहि विषयवस्तु समेटिएको बताए । उनले बजेटले डिजिटल कारोबारमा लागेको भ्याट खारेज भएको भन्दै नियो बैंक संचालन गर्ने घोषणा निकै समयसापेक्ष रहेको बताए ।

उनले बजेटले समेटेका विषय नेपाल राष्ट्र बैंकले सम्बोधन गर्नुपर्ने बताए । उनले बैंकिङ्ग क्षेत्रमा अधिक तरलता रहेको त खराब कर्जा घटाउनु पर्ने उल्लेख गरे ।