डिस्कोर्शले समग्र अर्थतन्त्रलाई ‘ड्राइभ’ गरी समाधानमूखी नीति बनाउन सहयोगी भूमिका खेल्ने अपेक्षा छः प्रबन्धक निर्देशक ढुंगेल


काठमाडौं – बैंकिङ्ग समाचारका प्रबन्ध निर्देशक राजु ढुंगेलले  बैंकिङ्ग डिस्कोर्शले डिस्कोर्शले समग्र अर्थतन्त्रलाई ‘ड्राइभ’ गरी समाधानमुखी नीति बनाउन सहयोगी भूमिका खेल्ने हाम्रो अपेक्षा रहेको बताएका छन्।  तेस्रो नेशनल  बैंकिङ्ग डिस्कोर्श  २०२५ लाई सम्बोधन गर्दै उनले सो बताएका हुन्। 

उनले भने,सन् २०१६ देखि सञ्चालनमा आएर छोटो समयमा नै नेपाली सञ्चार जगतमा छुट्टै पहिचान निर्माण गर्न सफल बैंकिङ्ग समाचार डटकमले विगतदेखि नै यो क्षेत्रको समग्र विकासका लागि भूमिका खेल्दै आइरहेको जगजायर नै छ। बैंकिङ्ग समाचारले समाचारका माध्यमबाट समाजमा सही सूचना प्रवाह, सकरात्मक सन्देशबाट नै परिवर्तन सम्भव छ लागेको यहाहरुलाई सर्वविदितै छ।

जंगलमा सिधा रुख जहिल्यै काटिन्छ भनेझै बनेर छुट्टै अस्थित्व कायम राख्न चूनौती छ नै। तर, सकरात्मक्ता पनि छुट्टै पहिचान निर्माण गर्न र नेपालको बैंक तथा वित्तीय क्षेत्रलाई प्रतिस्पर्धी बनाउन हामि लागि रहेका छौं mc।39 यही आवश्यक्ता पहिल्याउँदै सन् २०२३ देखि नेपालको बैंक तथा वित्तीय क्षेत्रको विकासमा नीतिगत भूमिका खेल्ने र छलफल तथा साझा मञ्च निर्माण गर्ने लक्ष्यसहित राष्ट्रियस्तरको ‘बैंकिङ्ग डिस्कोर्श’ सुरु गरेका हौं ।

नीति निर्माता, नियामक, यो क्षेत्रका नेतृत्वदायी भूमिकामा रहेका व्यक्तीत्व, विज्ञ, सरोकारवाला र खोज तथा अनुसन्धाकर्तालाई एउटै छानामुनी ल्याउने हाम्रो सुरुवाती योजना शून्यबाट सुरु भएको थियो। आज पहिलो र दोस्रो हुँदै लगातार तेस्रो बैंकिङ्ग डिस्कोर्शको आयोजना र तपाई सम्पूर्णलाई स्वागत गर्न पाउँदा गौरवान्वित महसुस गरिरहेको छु।

विगतका दुई वर्षमा पनि हामीले बैंकिङ्ग डिस्कोर्शमा छलफल मात्रै गरेनौं । छलफलमा निस्केका निष्कर्षलाई लिपिबद्ध गरेर अर्थमन्त्रालय, राष्ट्र बैंक तथा विभिन्न सरकारी तथा निजी संस्थाहरुलाई बुझाउँदै आइरहेका छौं । हामीले विभिन्न निकायमा बुझाएका सुझावमध्ये धेरैजसो विषयवस्तु नीतिगतरुपमा नै आउनेक्रम सुरु भएको छ भने सरकारले आफ्नो वार्षिक योजना, नीति तथा कार्यक्रम र बजेटमा समेत समावेश गर्नेक्रम सुरु गरेको हामीले अनुभव गरेका छौं।

यहीकारण, यसपटकको यो तेस्रो संस्करणको राष्ट्रिय बैंकिङ्ग डिस्कोर्शमा हुने छलफल, विचार, विमर्श, निचोड र निष्कर्षलाई समेत लिपिबद्ध गर्नेछौं र अर्थमन्त्रालय, राष्ट्र बैंक लगायत निकायमा बुझाउने छौं । जसबाट नीति निर्माता र नियामकीयलाई बैंकिङ्ग क्षेत्र र यो क्षेत्रका माध्यमबाट आर्थिक विकास हासिल गर्न र समग्र अर्थतन्त्रलाई ‘ड्राइभ’ गर्नेगरी समाधानमूखी नीति बनाउन सहयोगी भूमिका खेल्ने हाम्रो अपेक्षा छ ।

यहीकारण, आजको एक दिने बैंकिङ्ग डिस्कोर्शमा हामि विभिन्न ५ वटा सत्रमा छलफल गर्नेछौं । आज हामि नेपालमा कर्जा विस्तारको चूनौतीः लक्षित उपायहरुको प्रयोग, साना तथा मझौला उद्यमहरुमा कर्जा विस्तारको समस्याः समाधानका नविन तथा प्रचलित अभ्यास र हाम्रो तयारी, क्षेत्रगत अनुकूलन र अन्य सम्भावनाहरु, ओप बैंकिङ्ग र फिनटेकः सहकार्य, प्रतिस्पर्धा र नेपालमा नियो–बैंकको नियामकीय अवधारण र मौद्रिक नीतिः आर्थिक शिथिलताको चक्र तोड्न वित्त नीति र मौद्रिक नीतिको रणनीतिक साझेदारी नामक सत्रगत छलफल गर्नेछौं ।

माननीय उपप्रधान एवं अर्थमन्त्री ज्यू तथा नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नरद्वय ज्यूहरू, वाणिज्य तथा विकास बैंकका प्रमुख कार्यकारी अधिकृतज्यूहरू तथा उपस्थित सम्पूर्णलाई यो प्रतिबद्धता जनाउन चाहन्छु कि, सन् २०२३ देखि सुरु भएर तेस्रो संस्करणसम्म आएको यो बैंकिङ्ग डिस्कोर्शलाई आगामी दिनमा राष्ट्रिय सीमाको परिधिबाट अन्तर्राष्ट्रियस्तरसम्म फैलाउन प्रयत्न गर्नेछौँ । यो ऐतिहासिक क्षणको बसाई महत्त्वपूर्ण, दूरगामी र समस्या देखाउनेभन्दा पनि समाधानमुखी विषयमा केन्द्रित हुनेछ भन्दै सम्पूर्ण उपस्थित महानुभावहरूलाई स्वागत गर्न चाहन्छु। धन्यवाद। सुभ रहोस् ।