नेपाल राष्ट्र बैंकको प्रवक्तामा किरण पण्डित


काठमाडौं – नेपाल राष्ट्र बैंककाे प्रवक्तामा कार्यकारी निर्देशक (अधिकृत विशिष्ट श्रेणी)  किरण पण्डित नियुक्त भएका छन् । उनी जेठ २१ देखि लागू हुने गरी प्रवक्तामा नियुक्त भएका हुन् । 

वि.सं. २०६२ सालमा बैंक सेवामा प्रवेश गरेका पण्डितको बैंक सुपरिवेक्षण विभाग, बैंक तथा वित्तीय संस्था नियमन विभाग, वित्तीय समावेशिता तथा ग्राहक संरक्षण महाशाखा लगायतको कार्यानुभव रहेको छ ।

हाल उनी भुक्तानी प्रणाली विभागमा कार्यरत छन् । यस अगाडि केन्द्रीय बैंकको प्रवक्तामा कार्यकारी निर्देशक रामु पौडेल थिए।