वैदेशिक रोजगारीको लागि क्रोएसिया पठाइ दिन्छु भन्दै उन्नाइस लाख ठगी गर्ने एक जना पक्राउ


काठमाडौं – बेरोजगार युवायुवतीलाई आकर्षक तलबको प्रलोभनमा पारी रोजगारीका लागि क्रोएसिया लैजाने भन्दै ठगी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेकाे हाे । प्रहरीले काठमाडौंको कागेश्वरी घर भएका ३५ वर्षीय मेनुका पुडासैनीलाई ललितपुरको महालक्ष्मी नगरपालिकाबाट पक्राउ गरेको छ। 

उनले लामो समयसम्म झुक्याइ राखी विदेश नपठाई सम्पर्क विहीन भएकोमा पीडितले दिएको जाहेरी दरखास्त उपर अनुसन्धान हुँदा विदेश पठाउने भनी उन्नाइस लाख ठगी गरेको पाइएको प्रहरीले जनाएको छ । उनलाई पक्राउ गरी थप अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको प्रहरीले बताएको छ  ।