काठमाडौं – पछिल्लो समय बैंकिङ्ग निक्षेप स्थिर रहेको छ । केन्द्रीय बैंकको जेठ १२ र १३ गतेको तथ्यांकले बैंकिङ्ग निक्षेप स्थिर रहेको देखाएको हो । तथ्यांकअनुसार जेठ १२ गते ६९ खर्ब १२ अर्ब निक्षेप संकलन गरेका बैंकहरुले भोलिपल्ट पनि सोही रकम बराबरको कर्जा प्रवाह गरेका छन् ।
यस्तै, सो अवधिमा वाणिज्य बैंकहरुको निक्षेप संकलनमा भने १ अर्ब रुपैयाँको वृद्धि देखिएको छ । १२ गते ६१ खर्ब ७६ अर्ब रुपैयाँ संकलन गरेका वाणिज्य बैंकहरुले भोलिपल्ट थप १ अर्ब निक्षेप संकलन गरेका छन् । सो अवधिमा बैंकिङ्ग प्रणालीको कर्जा प्रवाहमा भने वृद्धि देखिएको छ ।
समिक्षा अवधिमा कर्जा प्रवाहमा ३ अर्ब रुपैयाँको वृद्धि देखिएको छ । यस्तै, वाणिज्य बैंकहरुले १२ गते ४९ खर्ब २३ अर्ब कर्जा प्रवाह गरेकोमा भोलिपल्ट बढाएर ४९ खर्ब २६ अर्ब रुपैयाँ पुर्याएका छन् । केन्द्रीय बैंकको तथ्यांकअनुसार सो समयमा अन्तर बैंक ब्याजदर ३ प्रतिशत र सिडी रेसियो ७९ दशमलव ०५ रहेको छ ।



About Us
प्रतिक्रिया