ब्याड बैंक स्थापना गर्ने सरकारको घोषणा


काठमाडौं – सरकारले आगामी आर्थिक वर्षमा बैंकहरुको खराब कर्जा व्यवस्थापनका लागि ब्याड बैंक स्थापना गर्ने भएको छ । अर्थमन्त्री विष्णु पौडेलले प्रतिनिधि सभाको बैठकमा आगामी आर्थिक वर्ष २०८२/ २०८३ को बजेट प्रस्तुत गर्ने क्रममा यस्तो बताएका हुन् ।

बैंक वित्तीय संस्थामा रहेका जोखिमपूर्ण सम्पत्ति व्यवस्थापन गर्ने बैंकलाई ब्याड बैंक भनिन्छ । बिग्रेका सम्पत्ति खरिद वा स्वामित्व ग्रहण गरी ती सम्पत्तिमा फसेको लगानी उठाउन ब्याड बैंक प्रभावकारी मानिन्छ ।