काठमाडौं – अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आगामी आर्थिक वर्षका लागि महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयलाई २ अर्ब ८ करोड रुपैयाँ विनियोजन गरेका छन् । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२÷८३ को बजेट सार्वजनिक गर्दै २ अर्ब ८ करोड बजेट विनियोजन गरेको जानकारी दिएका हुन् ।
उनले आगामी वर्ष महिलाको आर्थिक सबलीकरण, यौन हिंसा र विभिन्न हिंसामा परेका महिलालाई समेत आर्थिक सबलीकरण गर्ने जानकारी दिए । यस्तै महिलाका नाममा दर्ता हुने र नविकरण हुने उद्योगमा शूल्क नलाग्ने लगायतका योजना ल्याएका छन् ।



About Us
प्रतिक्रिया