काठमाडौं – अर्थमन्त्री विष्णु प्रसाद पौडेलले चालु आर्थिक वर्षको आर्थिक सर्वेक्षण प्रस्तुत गर्दै वित्तीय पुहँच बढेको बताएका छन् । संघीय संसदको बैठकलाई सम्बोधन गर्दै उनले बैंक तथा वित्तीय संस्थाको शाखा हरेक स्थानीय तहमा पुगेको बताएका हुन् ।
उनले २०८१ को फागुन मसान्तसम्मका बैंक तथा वित्तीय संस्थाको निक्षेप ९.५ प्रतिशत र निजी क्षेत्रमा प्रवाहित कर्जा ७ प्रतिशतले बढेको बताएका छन् ।
‘वित्तीय पहुँच बढेको छ। सबै स्थानीय तहमा बैंकको शाखा पुगेको छ। बैंक तथा वित्तीय संस्थाका प्रति शाखाबाट औसत २,५२७ जनसङ्ख्यामा बैंकिङ्ग सेवा उपलब्ध भएको छ। २०८१ फागुनमसान्तमा बैंक तथा वित्तीय संस्थाको निक्षेप ९.५ प्रतिशत र बैंक तथा वित्तीय संस्थाबाट निजी क्षेत्रतर्फ प्रवाहित कर्जा ७.७ प्रतिशतले बढेको छ’ उनले भने ।



About Us
प्रतिक्रिया