बैंकिङ्ग प्रणालीमा एकैदिन ९ अर्ब निक्षेप थपियो


काठमाडौं – पछिल्लो समय बैंकिङ्ग प्रणालीमा एकैदिन ९ अर्ब रुपैयाँ निक्षेप थपिएको छ । केन्द्रीय बैंकको तथ्यांकअनुसार जेठ ११ गते बैंकिङ्ग प्रणालीमा ६९ खर्ब ११ अर्ब रुपैयाँ निक्षेप संकलन भएको छ ।

अघिल्लो दिन ६९ खर्ब २ अर्ब रुपैयाँ निक्षेप संकलन भएको थियो । यस्तै, समीक्षा अवधिमा वाणिज्य बैंकहरुको निक्षेपमा पनि सोही रकम बराबरको वृद्धि देखिएको छ । 

समीक्षा अवधिमा कर्जा प्रवाहमा पनि वृद्धि देखिएको छ । जेठ १० गते ५५ खर्ब ३४ अर्ब कर्जा प्रवाह भएकोमा ११ गते ५५  खर्ब ३७ अर्ब रुपैयाँ कर्जा प्रवाह भएको छ । सो समयमा वाणिज्य बैंकहरुको कर्जा प्रवाह ३ अर्ब रूपैयाँले बढेको छ । 

यस्तै, सो समयमा अन्तर बैंक ब्याजदर ३ प्रतिशत र सिडी रेसियो ७८ दशमलव ९७ प्रतिशत रहेको छ ।