नेपाल एसबीआई बैंकका सञ्चालकमा पुनः वस्ती


काठमाडौं – नेपाल एसबीआई बैंकको सञ्चालकमा भरत राज वस्ती दोस्रो कार्यकालका लागि नियुक्त भएका छन् ।  बैंकको संस्थागत शेयरधनी, कर्मचारी सञ्चय कोषको तर्फबाट बैंकको सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने सञ्चालकको रूपमा वस्ती नियुक्त भएका हुन्।  

बैंकको जेठ १२ गते बसेको सञ्चालक समितिको ५२८ औं बैठकले वस्तीलाई उक्त पदमा दोस्रो कार्यकालको लागि नियुक्त गरेको छ।