काठमाडौं – नेपाल राष्ट्र बैंकले चेक अनादर सम्बन्धी छुट्टै कार्यविधि ल्याउने भएको छ । सोमबार चालु आर्थिक वर्षको मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षा गर्दै सो जानकारी गराएको हो । बैंकिङ्ग कसुर तथा सजाय ऐन २०६४ को संशोधन बमोजिम चेक अनादर सम्बन्धी बेहोरा प्रमाणित गर्ने कार्यविधि तर्जुमा गरी जारी गर्ने समेत समीक्षामा उल्लेख छ।
सरकारले बैंकिङ्ग कसुर तथा सजाय ऐन, २०६४ लाई संशोधन गरेर चेक बाउन्सको प्रक्रियादेखि सजायसम्मका प्रावधानहरू हेरफेर गरेसँगै केन्द्रीय बैंकले सो नीति लिएको हो । सरकारले चेक बाउन्ससम्बन्धी कसुरमा प्रहरीले मात्र अनुसन्धान गरेर मुद्दा प्रक्रिया अघि बढाउने व्यवस्था गरेको छ।



About Us
प्रतिक्रिया