काठमाडौं – नेपाल राष्ट्र बैंकको गभर्नर सिफारिस समिति सदस्य महाप्रसाद अधिकारी विरुद्धको रिट सर्वोच्च अदालतमा पुगेको छ । गभर्नर सिफारिस समितिको सदस्यका लागि योग्यता नपुगेको भन्दै अधिकारी विरुद्ध रिट दायर भएको हो ।
अधिवक्ता नविन धितालले अधिकारी गभर्नर सिफारिस समितिमा अयोग्य रहेको बताउँदै अधिकारी सदस्य रहन नमिल्ने उल्लेख गरेका छन् । वैशाख १६ गते बसेको मन्त्रीपरिषद्को बैठकले गभर्नर सिफारिस समितिमा महाप्रसाद अधिकारीलाई नियुक्त गरेको थियो ।
सरकारले सिफारिस समितिबाट विजयनाथ भट्टराईले राजीनामा दिएपछि खाली भएको समितिमा महाप्रसाद अधिकारीलाई नियुक्त गरेको थियो । गत चैत २४ गते नेपाल राष्ट्र बैंकका १७ औं गभर्नर महाप्रसाद अधिकारी आफ्नो पाँच वर्षे कार्यकाल पूरा गरी बाहिरिएका थिए ।तर, सरकारले चैत २४ गतेभन्दा एक महिना अघि नै भेट्नुपर्ने गभर्नर अझै भेटेको छैन ।






About Us
प्रतिक्रिया