श्रीलंकाको अर्थतन्त्रमा सुधारको संकेत, आयात प्रतिबन्ध हट्यो

श्रीलंकाको अर्थतन्त्रमा सुधारको संकेत, आयात प्रतिबन्ध हट्यो

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ्ग समाचार, काठमाडौं ।

दक्षिण एसियाली मुलुक श्रीलंकको अर्थतन्त्रमा सुधार आएको छ ।  श्रीलङ्काले मङ्गलबारदेखि लागू हुने गरी १० वस्तुमा आयात प्रतिबन्ध हटाएको छ । अर्थ राज्यमन्त्री रञ्जित सियाम्बलापिटियाले १० वस्तुमध्ये इनर्जी ड्रिंक्स, फर्निचर उत्पादनमा प्रयोग हुने एमडीएफ बोर्ड, सीसीटीभी क्यामेरा र खेलकुदका सामाग्री रहेको जानकारी दिएका छन् ।

खेलकुद तथा युवा मामिला मन्त्रालयको अनुरोधका आधारमा खेलकुदका सामग्रीमा लगाइएको प्रतिबन्ध हटाउने निर्णय गरिएको उनले बताए ।

श्रीलङ्का सरकारले गत अगस्टमा १,४६५ वस्तुको आयातमा प्रतिबन्ध लगाएको थियो तर हाल ७ सय ९५ वस्तुमा लगाइएको प्रतिबन्ध हटाएको छ।

राज्यमन्त्रीले सन् २०२१ को लागि श्रीलङ्काको आयात बिल २०‍।६ बिलियन अमेरिकी डलर थियो । आयात प्रतिबन्धका कारण यो सङ्ख्या धेरै कम हने अपेक्षा गरिएको छ ।

उनले आर्थिक अवस्थालाई ध्यानमा राखी अन्य वस्तुमाथिको प्रतिबन्ध कहिले हटाउने भन्ने निर्णय सरकारले गर्ने पनि बताएका छन् ।

एजेन्सी