काठमाडौं – मंगलबार नेपाली बजारमा सुनको हालसम्मकै उच्च बिन्दुमा पुगेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज प्रतितोला छापावाल सुनको मूल्य तोलामा ६ हजार ९ सय रुपैयाँले बढेको हो । यससँगै सुन १ लाख ९७ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको छ । यो हालसम्मकै उच्च मूल्य हो ।
हिजो सुन तोलामा १ लाख ९१ हजार रुपैयाँमा कारोबार भएको थियो । आज चाँदीको सामान्य बढेको छ । आज चाँदी तोलामा १० रुपैयाँले बढेको हो । यससँगै चाँदी १९ सय ७० रुपैयाँमा किनबेच भइरहेको छ । हिजो पनि चाँदी प्रतितोला १९ सय ६० रुपैयाँमा किनबेच भएको थियो ।
अन्तर्राष्ट्रिय बजारमा सोमबार सुनको मूल्यमा भारी वृद्धि हुँदा नेपाली बजारमा पनि वृद्धि भएको हो । अन्तर्राष्ट्रिय बजारमा प्रतिऔंस ३ हजार ४ सय अमेरिकी डलर नाघेको छ ।






About Us
प्रतिक्रिया