मस्कले टेस्लाको ३ अर्ब ६० करोड बराबरको शेयर बेचे 

मस्कले टेस्लाको ३ अर्ब ६० करोड बराबरको शेयर बेचे 

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ्ग समाचार, काठमाडौं ।
अमेरिकी खर्बपति व्यापारी एलन मस्कले विद्युतीय सवारी साधन निर्माता कम्पनी टेस्ला इंकको ३ अर्ब ६० करोड डलर बराबरका शेयर बेचेका छन् ।

मस्कले सोमवार, मंगलवार र बुधवार गरेर सो परिमाणमा शेयर विक्री गरेको  अमेरिकी वित्तीय नियामककहाँ बुझाइएको फाइलिङले देखाएको छ । योसँगै मस्कले गएको एक वर्षमा टेस्लाको झन्डै ४० अर्ब डलर बराबरको शेयर बेचेका छन् । यही हप्ताको शुरुमा मस्कले विश्वको सबैभन्दा धनी व्यक्तिको उपाधी गुमाएका थिए । मस्कले सामाजिक सञ्जाल ट्विटर किनेको केही दिनमै पनि ३ अर्ब ९५ करोड मूल्य बराबरको १ करोड ९५ लाख कित्ता शेयर बेचेको गत  महीना मस्कले भनेका थिए । 

प्रमुख कार निर्माता र प्रविधि कम्पनीहरुमाझ टेस्ला यस वर्ष सबैभन्दा खराब प्रदर्शन गर्ने कम्पनी भएको छ । मस्कले आफ्ना सारा ध्यान ट्विटर तिर लगाएपछि लगानीकर्ताहरु चिन्तित बनेका छन् । बुधवार टेस्लाको कुल बजार पूँजीकरण सन् २०२० यता ५ खर्ब डलर भन्दा तल आएको थियो । 

मस्कले ट्विटर किन्न चाहिने रकम टेस्लाको शेयर बेचेरे जुटाउने चिन्तामा मस्कले ट्विटर किन्ने प्रस्ताव गरेयता नै टेस्लाको शेयर मूल्य दबाबमा आएको छ ।